बैतडी । भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका किशोरलाई बुधबार प्रहरीले सार्वजनिक गरेको छ ।
बैतडीकी १७ वर्षीया युवती भागरथी भट्टको हत्याको अभियोगमा पक्राउ परेका १७ वर्षीय दिनेश भट्टलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।
घटनामा प्राप्त प्राविधिक प्रमाण, प्रत्यक्षदर्शी साक्षी, साबिती बयान लगायतका आधारमा भट्टलाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले बताए ।
पक्राउ परेका भट्ट भागरथी अध्ययन गर्ने विद्यालय सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययरत युवक हुन् । भागरथी सोही विद्यालयको कक्षा १२ मा पढ्थिन ।
सम्मेलनमा जानकारी दिइएअनुसार माघ २१ गते दिउँसो करिब २ बजेतिर ती किशोर अन्तिम कक्षा नपढी साथीहरूसँग फर्किएका थिए। साथीहरूसँग जाँदा उनी बजारबाट साथीहरूसँग छुटेर घर जाने भन्दै फर्किएको डिआइजी सुवेदीले बताए।
यद्यपि, अभियुक्त भट्टले भने बलात्कार नगरेको, पुरानै रिसिबीका कारण हत्या गरेको प्रहरीसँगको बयानमा भनेका छन् । यस विषयमा प्रहरीले अनुसन्धानमा बाधा पर्ने भन्दै रिसिबीबारे भने खुलाएको छैन।
घटनास्थलको त्रुटिरहित ढंगले प्रमाण संकलन गरेर प्रयोगशालामा पनि केही प्रमाण पठाइएको डिआइजी सुवेदीले बताएका छन्। उनका अनुसार ज्यान मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको र अभियुक्त भट्टविरुद्ध भागरथीले दाइले किटानी जाहेरीसमेत दिएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







