बलात्कारपछि हत्या गरिएकी भागरथीको १७ दिनपछि अन्तिम संस्कार


     एभरेस्ट आवाज    
     फागुन ७ गते २०७७ मा प्रकाशित




बैतडी । बैतडीमा बलात्कारपछि हत्या गरिएकी १७ वर्षे भागरथी भट्टको अन्तिम संस्कार गरिएको छ ।

बलात्कार र हत्या गर्ने अपराधी पक्राउ नपरि शव नबुझ्ने अडान लिएको परिवारले अपराधको आरोपी पक्राउ परेसँगै शव बुझेको हो ।

हत्या भएको १७ दिनपछि आफन्तले शव बुझेपछि बैतडी सदरमुकाम गोठालापानीबाट महाकाली नदीको शेरा आर्यघाटका लागि शव यात्रा सहित अन्तिम संस्कार गरिएको हो ।

गएको माघ २१ गते विद्यालयबाट घर फर्कने क्रममा दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया भागरथीको हत्या भएको थियो भने २२ गते शव भेटिएको थियो ।

प्रहरीले १३ औँ दिनमा भागरथीको हत्याको आरोपमा त्यही ठाउँका एक किशोरलाई प्रक्राउ गरी सार्वजनिक गरे पनि उनले हत्या गरेको मात्रै बयान दिएपछि भागरथीको परिवारले बलात्कारमा संलग्न व्यक्तिको पनि खोजी गर्न माग गर्दै शव बुझ्न मानेको थिएन ।

तर बिहीवार ती किशोरले भागरथीको बलात्कारपछि हत्या गरेको बयान दिएपछि परिवारले शव बुझेको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।