एकीकृत अखिल नेपाल शिक्षक संगठनको भेला शनिबार पोखरामा हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्ष निकट शिक्षक संगठनको कास्की जिल्ला स्तरीय भेला शनिबार पूर्वाह्न ११ बजे पोखरा सहीदपार्कस्थित बिजय स्मृति भवनमा हुन लागेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोधमा गरिएको कार्यक्रममा प्रशिक्षणसमेत दिइने एकीकृत अखिल नेपाल शिक्षक संगठन कास्की अध्यक्ष तारा पौडेलले जानकारी दिए । उनका अनुसार सो कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष शंकर अधिकारीले प्रशिक्षण दिनेछन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







