काठमाण्डौं । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाले आज पद तथा गोपनियताको शपथ लिएका छन् ।
मन्त्रिपरिषद्को निर्णयमा प्रदेश २ का प्रमुख तिलक परियारलाई बर्खास्त गरी नियुक्त भएका झाले शुक्रबार साँझ नै राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदेश प्रमुखको शपथ लिएका हुन् ।
सपथग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मात्र सहभागी थिए । उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटाले भने आज पनि शपथग्रहण समारोहमा बहिस्कार गरे ।
यसअघि पनि उपराष्ट्रपति र सभामुख संवैधानिक आयोगका पदाधिकारीहरुको सपथ ग्रहणमा सहभागि भएका थिएनन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







