एमालेको महाधिवेशन पछि यो सरकार ढल्छ: नेता महेश बस्नेत


     एभरेस्ट आवाज    
     मंसिर २५ गते २०८२ मा प्रकाशित




नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले एमालेको ११ औं महाधिवेशन पछि बर्तमान सरकार ढल्ने दावी गरेका छन् ।

काठमाडौंमा यातायात श्रमिक तथा व्यवसायीहरूको भेलामा बोल्दै उनले सुशीला कार्की नेतृत्वको सरकारको कुनै जग नभएको बताउँदै, एमालेले चाहेमा सरकार तत्काल ढल्ने बताएका हुन् ।उनले भने ‘सुशीला कार्कीको सरकारलाई एमालेले फु गरेर ढालिदिन्छ ।’एमालेले फेरी पनि बहुमत ल्याउने र त्यसपछि केपी ओली नै बहुमतको प्रधानमन्त्री बन्ने उनको भनाई थियो ।

नेता बस्नेतले केही शक्तिले विद्यादेवी भण्डारी र ईश्वर पोखरेललाई उचालेर आफ्नो अभीष्ट पूरा गर्ने सोचमा रहेको भन्दै त्यो पुरा हुन नदिईने पनि बताए ।उनले केपी ओलीलाई गिरफ्तार गर्न भण्डारी र पोखरेलले उकासी रहेको आरोप लगाए । बस्नेतले केही व्यक्ति र मिडियाले एमाले र एमाले अध्यक्ष केपी ओली विरुद्ध विभिन्न खालका भ्रम फिजाइरहेको पनि बताए।

भेलामा नेतृ रामकुमारी झाँक्री, नेता राजीव पहारीको पनि सहभागिता रहेको थियो । यातायात व्यवसायीले पार्टीको महाधिवेशनलाई सफल बनाउन सघाउने बताएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।