पोखरामा रहेको नेलम्बो नेपालले घर÷घरमा पुगेर निःशुल्क दन्त सेवा दिने भएको छ । जैविक विविधता, वातावरण र मानव स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको नेलम्बो नेपालले गण्डकी प्रदेशभरिका विपन्न, सिमान्तकृत समुदाय, पिछडा वर्ग तथा असहायःको घर÷घरमा पुगेर मोवाइल डेन्टल भ्यानमार्फत निःशुल्क दन्त सेवा दिने भएको हो । जसको शुभारम्भ शुक्रबारदेखि गरिएको छ । पोखरा महानगरपालिका वडा नम्बर २६ मा रहेको फरक क्षमता भएकाहरु अध्ययन गर्ने सृजना बहिरा माविका विद्यार्थीहरुको स्वास्थ्य जाँच तथा उपचार गरेर सो सेवाको शुभारम्भ गरिएको हो । जहाँ ४६ जिल्लाका २ सय २० भन्दा बढी फरक क्षमता (बहिरा) विद्यार्थीहरु अध्ययन गर्ने गर्दछन् । कार्यक्रमको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले रिबन काटेर उद्घाटन गरे ।
निःशुल्क मुख तथा दन्त सेवा दिनका लागि नेलम्बो नेपालले ६८ लाखमा डेन्टल भ्यान खरिद गरेको छ । जसमा डेन्टलका लागि आवश्यक पर्ने डेन्टल केयर ईक्यूपमेन्ट, एक्स–रे मेसिनलगायता ईक्यूपमेन्टहरु जडान गरिएको छ । डेन्टल भ्यानमा सँधै दाँत सम्बन्धी विशेषज्ञ डाक्टरसहित मुख स्वास्थ्य र दन्त स्वास्थ्य सम्बन्धी स्वास्थ्यकर्मी रहनेछन् । शिविर सञ्चालन गर्ने समयमा भने ६–७ जनाको टीम खटिने नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले जानकारी दिए ।
नेलम्बो नेपालले गण्डकी प्रदेशभरी निःशुल्क मुख तथा दन्त सेवा दिने लक्ष्य राखेको छ । जसका लागि लक्षित वर्ग विपन्न, सिमान्तकृत, पिछडा वर्ग तथा असहायः समुदायले शिविरका लागि माग गर्नुपर्नेछ । त्यसरी शिविरका लागि माग गर्दा स्थानिय सरकारको रुपमा रहेको पालिका र वडाको सिफारिस चाहिने अध्यक्ष देवकोटाले बताए । माग आएपछि नेलम्बो नेपालले आवश्यक्ताका आधारमा सेवा प्रदान गर्ने उनको भनाई छ ।
नेलम्बो नेपालले डेन्टल भ्यानमार्फत मुख र दाँत सम्बन्धी सम्पूर्ण सेवा दिने जनाएको छ । नेलम्बोका अनुसार डेन्टल भ्यानमार्फत दाँत सफा गर्ने, दाँत भर्ने, दाँतमा पोलिस गर्ने, दाँतको एक्स–रे गर्ने, दाँतको जरादेखि नै उपचार गर्ने पद्धती रुट क्यानल ट्रिटमेन्ट (आरसिटी) गर्ने तथा मुख सम्बन्धी घाउ, पिप जमेको उपचारदेखि अन्य सबै प्रकारका उपचार गरिने नेलम्बो नेपालका मिडिया संयोजक भीमप्रसाद भण्डारीले जानकारी दिए । नेलम्बो नेपालले उपचार मात्रै नभई आवश्यक पर्ने औषधीसमेत निःशुल्क वितरण गर्ने उनले बताए । उनले उपचारका क्रममा डेन्टल भ्यानमार्फत उपचार हुन नसक्ने अवस्थामा विरामीलाई पोखराको गण्डकी मेडिकल कलेज (जिएमसी)मा लगेर उपचार गरिने बताए । तर त्यसका लागि गरीब तथा विपन्न समुदायको अनिवार्य हुनुपर्ने शर्त रहेको उनको भनाई छ । त्यस्तै नेलम्बोले एक पटक उपचार गरेको ठाउँमा आवश्यक्ता अनुसार एक देखि डेढ महिनामा फलोअप शिविर राख्ने जनाएको छ ।
स्थानिय सरकारसँगको समन्वयमा निःशुल्क दन्त शिविर गर्ने बताएको नेलम्बो नेपालले त्यसरी शिविर आयोजना गर्नका लागि प्रदेशको समाज कल्याण परिषदबाट स्वीकृति लिएको अध्यक्ष एकदेव देवकोटाले बताए ।
विपन्न समुदाय र जैविक विविधता सहयोगी संस्था नेपालद्वारा सञ्चालित नेलम्बो नेपालले कास्कीको अन्नपूर्ण गाउँपालिका र माछापुच्छ«े गाउँपालिकालाई बेस बनाएपनि डेन्टल हेल्थको सन्दर्भमा भने गण्डकी प्रदेशभरी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







