पोखरा, पुस ३
नेकपा एमालेको सचिवमा कास्कीका खगराज अधिकारीसहित केपी शर्मा ओलीको प्यानल नै विजयी भएका छन् । विहीबार सम्पन्न मतगणनामा सचिव पदमा ओली प्यानल नै बिजयी भएको हो ।
९ सचिवका लागि भएको निर्वाचनमा कास्कीका खगराज अधिकारी १ हजार २ सय ३१ मत प्राप्त गर्दै बिजयी भएका हुन् । त्यस्तै, जेनजी आन्दोलनपश्चात ओलीलाई गुण्डु लगेर स्थापित गर्ने महेश बस्नेत सर्बाधिक १ हजार ५ सय ४४ मत ल्याउँदै बिजयी भए ।
त्यस्तै, स्याङ्जाकी पद्माकुमारी अर्याल दोस्रो सर्बाधिक मत १ हजार ५ सय ३० मत ल्याएर बिजयी भईन् । यसैगरी, ओली प्यानलकै छविलाल विश्वकर्मा १ हजार ५०६, शेरधन राई १ हजार ५०३, हिक्मतकुमार कार्की १ हजार ३३७, यामलाल कँडेल १ हजार १८५, राजन भट्टराई १ हजार १८१ र भानुभक्त ढकाल १ हजार १०८ मत प्राप्त गरेर बिजयी भएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


१७ बैशाख, पोखरा ।नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेशमा प्रदेश स्तरीय कार्यालय छ…






