पोखरा–२१ मा राष्ट्रिय युवा संघको शक्ति प्रदर्शन


     एभरेस्ट आवाज    
     फागुन ९ गते २०७७ मा प्रकाशित




राष्ट्रिय युवा संघ पोखरा २१ कमिटीकोे युवा जागरण अभियन अन्र्तगत बृहत युवा विधार्थी भेला तथा मोटरसाइकल ¥याली सम्पन्न गरेको छ ।

‘न्यायप्रेमी युवाहरु राष्ट्रिय युवा संघमा, सामाजिक परिवर्तन युवाको काधँमा’ भन्ने मुल नाराका साथ आयोजिक कार्यक्रममा बोल्दै युवा नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेश सह इन्चार्ज तथा पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले हामी नेतृत्व हस्तान्तरणका लागि आतुर रहेको बताउँदै युवा जिम्मेवारी लिन तयार हुनुपर्ने बताए।

कार्यक्रममा अर्का वक्ता तथा नेपाल कम्युनिष्ट पार्टीका य्वा नेता झपट रानाभाटले पोखरा २१ कम्युनिष्ट आधार किल्ला भएको बताउदै यहाँको कम्युनिष्ट संगठन कसैले चोइट्याउन र फुटाउन नसक्ने प्रष्ट पारे।

कार्यक्रममा युवा संघ कास्की इन्चार्ज तथा युवा संघ केन्द्रीय सदस्य बिष्णु पून नेपाल कम्युनिष्ट पार्टी पोखरा २१ का वडा कमिटी अध्यक्ष कृष्ण थापामगर, वडा अध्यक्ष खगराज आचार्य, युवा नेता दिपकप्रसाद सुवेदी, रविन सुवेदीलगायतले भनाई राखेका थिए भने कार्यक्रमको सञ्चालन युवा संघ नेता हेमराज अधिकारीले गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।