भूमीसम्बन्धी आयोग कास्कीका अध्यक्ष दामोदर बैरागीले केपी ओली नेतृत्वको सरकारले भूमीहीनहरुको समस्यालाई समाधान गर्ने बताएका छन् ।
कपा पोखरा–३१ को कार्यकर्ता भेलामा बोल्दै नेकपा केन्द्रीय सदस्य समेत रहेका उनले अब कोही पनि भूमीहीन नहुने दाबी गरे।
बिगतमा लालपुर्जा बाँड्छु भन्दै धेरैले जनतालाई ढाँटेको भन्दै अब केपी ओलीको सरकारले लालपुर्जा दिने उनको बताए।
नेता वैरागीले चुनावमा जाने कुरा प्रतिगामी हुनै नसक्ने दाबी गरे।
‘ताजा जनादेशका लागी जनताको बीचमा जाने विषय प्रतिगामी हुनै सक्दैन,’ उनले भने, ‘अब देश चुनावी माहोलमा होमिसक्यो चुनावको तयारीमा लागौं।’
नेकपा वडा नं ३१ का अध्यक्ष गणेश थापाले आगामी फागुन १५ गते अमरसिंहचौरमा हुने बृहत् आमसभालाई सफल बनाउन सबै आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने भनाई राखे।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







