विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, मेयर आचार्यद्वारा अक्षयकोष स्थापना


     एभरेस्ट आवाज    
     पौष २८ गते २०८२ मा प्रकाशित




शिशिर उजाड
पोखरा

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले बाटुलेचौरस्थित विन्ध्यवासिनी माविमा शैक्षिक अक्षयकोष स्थापना गरेका छन्।

विद्यालयको ७९ औं बार्षिकोत्सव एवं अभिभावक दिवस समारोहको अवसरमा १ लाख ११ हजार १ सय ११ रूपैयाँको अक्षयकोष स्थापना गरेका हुन्। आफ्ना बुबा र भाइ शिवराजले अध्ययन गरेको र उनीहरूको सम्मान स्वरुप अक्षयकोष स्थापना गरेको मेयर आचार्यले बताए। कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर आचार्यले सबै पक्षको सहकार्यबाट मात्र सामुदायिक विद्यालयलाई अब्बल बनाउन सकिने उदाहरण यस विद्यालयले पुष्टि गरेको बताए। उनले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको बताउँदै, कमजोर विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा सघाउन महानगर तयार रहेको स्पष्ट पारे। राष्ट्रिय परीक्षा बोर्ड प्रदेश कार्यालय पोखराका प्रमुख भाष्करराज पन्तले शिक्षक, अभिभावक र विद्यालय प्रशासनको समन्वयबाट मात्र सफलता प्राप्त गर्न सकिने बताए।

कार्यक्रममा विद्यालयले आधारभुत तहमा प्रथम हुन सफल विषयगत शिक्षक, माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट नतिजा प्राप्त विषयगत शिक्षक, कक्षा १२ मा सतप्रतिशत उतीर्ण शिक्षकलाई सम्मान गरेको छ। दीर्घ सेवा सम्मानबाट कमलाकुमारी पौडेल,१५ वर्ष सेवा सम्मानबाट सिर्जना शर्मा सिग्देल, १० वर्ष सेवा सम्मानबाट यमकुमारी पौडेल,प्रतिभा राना र संगीत गायक, उत्कृष्ट तहगत शिक्षक सम्मानबाट मीना साइ, लक्ष्मी गुरुङ, मान बहादुर केसी, कृष्ण प्रसाद पौडेल, कर्मचारी तर्फ सुकमाया सापकोटा, धनमाया नेपाली सम्मानित भए। तहगत इन्चार्जमा आधारभुत तह इन्चार्ज महेन्द्र प्रसाद पौडेल, उत्कृष्ट अभिभावक मनहरी आचार्य, सृष्टि सुवेदी, उत्कृष्ट मनिटर निरन्जन देवकोटा, सह मनिटर स्मृति विक पनि सम्मानित भएको विद्यालयले जनाएको छ। उत्कृष्ट बर्ष विद्यार्थीबाट पुर्णिमा भट्टराई सम्मनित भईन् ।

एस इ इ २०८१ मा चार जिपिए ल्याएका विद्यार्थी सहज घिमिरेलाई नगद ५० हजार सहित सम्मान गरिएको छ । सोही अवसरमा आफ्ना छोराछोरीलाई आफु कार्यरत विद्यालयमा अध्ययन गराउने कर्मचारी अनिता बराल पौडेल, भीम गायक, धनमाया नेपाली लगायतलाई पनि सम्मान गरिएको छ। उनीहरुलाई पोखरा महानगरपालिकाका प्रमुख आचार्य, राष्ट्रिय परीक्षा बोर्ड प्रदेश कार्यालय पोखराका प्रमुख भाष्करराज पन्त, शिक्षा विकास समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्य, पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, शिक्षा महाशाखाका अधिकृत जीवन रेग्मी, विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्य लगायतले सम्मान गरे। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्दीप थापाको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्य, सल्लाहकार वेनीबहादुर बस्नेत, शिक्षक अभिभावक संघका अध्यक्ष भीम प्रसाद पौडेल, वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, विद्यार्थी प्राप्ति आचार्य, अस्मिता क्षेत्री लगायतले बोलेका थिए।सो अवसरमा विभिन्न अक्षयकोषबाट प्राप्त छात्रवृत्ति वितरण पनि गरिएको छ।त्यस अवसरमा अक्षयकोषदातालाई पनि सम्मान गरिएको थियो।प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले बार्षिक प्रतिवेदन पेश गरेको कार्यक्रमको सञ्चालन शिक्षक महेन्द्रमणि पौडेलले गरेका थिए।

उद्घाटन अघि मेयर आचार्यले विद्यालयका संस्थापक पण्डित मुक्तिनाथ शर्माको शालिकमा माल्र्यापण समेत गरेका थिए । कार्यक्रममा विद्यार्थीले शैक्षिक तथा विज्ञान प्रदर्शनी सहित बिभिन्न लोक नृत्य, भजन र नाटक प्रदर्शन गरेका थिए। वार्षिकोत्सवको अवसरमा विद्यालयले रक्तदान, सरसफाई र खेलकुद कार्यक्रम सञ्चालन गरेको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।