सांकेतिक तस्विर
बाग्लुङ । पर्वतको जलजला गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
सोमबार जलजला गाउँपालिका–८ खनियाँघाटमा ध १ प ८९५८ नम्वरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा बाग्लुङ नगरपालिका–२ आवारोड बस्दै आएका ३७ वर्षिय बाबुराम केसीको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।
केसी सवार मोटरसाइकल गाउँपालिकाको साघुरो सडकका कारण अनियन्त्रित भई २२ मिटर तल खोंचमा खसेको थियो ।
घटनाको बारेमा जानकारी प्राप्त हुन साथ पुगेको प्रहरीले उद्दार गरि उपचारका लागि धवलागिरी अञ्चल अस्पताल बाग्लुङ लगेको अस्पतालले मृत घोषण गरेको प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजकुमार थिंङले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







