सांङ्केतिक तस्विर
पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकामा कुटपपिटबाट एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
गाउँपालिको वडा नम्वर ८ कुटुमका ५६ वर्षका गोरे नेपालीलाई स्थानिय हरि नेपाली (२४) र रबि नेपाली (२८) ले मादक पदार्थ सेवन गरि कुटपिट गरि घाइते बनाएको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जनाएको छ ।
कुटपिट गम्भीर घाइते भएका नेपालीको गम्भीर अवस्थामा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कार्यालयका प्रहरी नायव उपरीक्षक राज कुमार थिंङले जानकारी दिए ।
कुटपिटमा संलग्न दुबै जनालाई नियन्त्रणमा लिएर घटनाका विषयमा थप अनसन्धान भइरहेको जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







