नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा विभिन्न पदका लागि नेताहरुले मनोनयन दर्ता गरेका छन् ।
निर्वाचन समितिका अनुसार सभापतिमा महामन्त्री गगन थापाको मात्रै एकल उम्मेद्वारी परेको छ । नेता महेश आचार्य र सहमहामन्त्री फरमुल्लाह मन्सुरले उपसभापति पदको उम्मेदवारी दिएका छन् । त्यस्तै महामन्त्री पदका लागि तीन जनाको उम्मेदवारी परेको छ। महामन्त्रीमा विश्वप्रकाश शर्मा, प्रदीप पौडेल र गुरुराज घिमिरेको उम्मेद्वारी परेको हो ।स्रोतका अनुसार जगदिश्वर नरसिंह केसीले पनि महामन्त्रीमा दावी गरेका छन् ।नेता बहादुरसिंह लामाले सहमहामन्त्री पदमा उमेदवारी दिएका छन् ।
नेतृ नानुमैया बाँस्तोलाको निवासमा बसेर कांग्रेसको विशेष महाधिवेशन पक्षधर नेताहरु केन्द्रीय कार्यसमितिको टीम मिलाउन व्यस्त बनेका छन् । निर्वाचनबाट सर्वसम्मत नेतृत्व चयनका लागि नेताहरु टीम मिलाउन व्यस्त बनेका हुन् । उता संस्थापन पक्ष भने केन्द्रीय समितिको बैठक राखेर महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहितका नेतालाई कारवार्ही गर्ने तयारीमा लागेको स्रोतले बताएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसका पूर्व विद्यार्थीहरूको साझा मञ्च जनप्रिय अल्मुनाइ एसोसिएसनको…






