‘व्यास पराशर’ र ‘आध्यात्मक रामायण’ कृतिको विमोचन


     एभरेस्ट आवाज    
     फागुन ११ गते २०७७ मा प्रकाशित




‘व्यास पराशर’ र ‘आध्यात्मक रामायण’ कृतिको दमौलीमा विमोचन गरिएको छ।

व्यासका अध्येता काशीनाथ न्यौपानेले ‘व्यास पराशर’ कृति लेखेका हुन्।

स्वर्गीय श्री १००८ स्वामी डा. गिरीजी महाराजले ‘आध्यात्मक रामायण’ कृतिको नेपाली भाषामा अनुवाद गरेका हुन्।

साहित्यकार न्यौपानेद्धारा लिखित कृति व्यास नगरपालिकाले प्रकाशन गरेको हो। साहित्यकार न्यौपाने यसअघि ११ वटा पुस्तक प्रकाशित भइसकेका छन्। साहित्यकार न्यौपाने व्यास नगरपालिका–४ दमौली निवासी हुन्।

पराशर आश्रम संरक्षण समितिले आयोजना गरेको कार्यक्रममा दुवै कृतिको महेश गुरुकुल आश्रम देवघाटका पिठाधीश श्री १००८ स्वामी रमणानन्द गिरी महाराज, अभय आश्रमका पिठाधीश श्री १००८ स्वामी कृष्णानन्द सरस्वती महाराज र व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपाने, भागवत भास्कर कमल नयन गौतमले संयुक्त रुपमा विमोचन गरे।

पुस्तक विमोचन गर्दै स्वामी रमानन्दले ग्रन्थलाई यस्ता कृतिले आधिकारिताको धार समातेको बताए। नगरप्रमुख न्यौपानेले व्यास नगरपालिका क्षेत्रलाई सनातन हिन्दुहरुको तिर्थस्थलको प्रचार गर्न यस कृतिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

व्यास नगरपालिकाको उपप्रमुख मिरा जोशी न्यौपानेको कृतिको अध्ययनले नगरपालिकाको ऐतिहासिक, धार्मिक, एंव पर्यटन क्षेत्र समेटेर खोज मुलक तथा अनुसन्धान मुलक कृति लेखिएकोले नगरपालिका ले प्रकाशन गरेको बताए।

महर्षि वेदव्यासको जन्मस्थल एवं व्यास क्षेत्रको वास्तविक रुपाकृतलाई राष्ट्र तथा विश्वमाझ पु¥याउन पुस्तकले मद्धत पुग्ने भएकोले प्रकाशन गरिएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले उल्लेख गरे। साथै पुस्तकले व्यासको सास्कृतिक महत्वबारे जानकारी लिन पुस्तक सहयोगी हुने विश्वास व्यक्त गरे।

समितिको अध्यक्ष ताराप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी सागर आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, माँ दुर्गेको अध्यक्ष कल्पना गौली लगायतले समाजमा धार्मिक भावाना हराउँदै गएकोले अपराधमा वृद्धि भइरहेको र मानव कल्याणको लागि धार्मिक सभाहरु गर्न राज्यले विशेष चासो दिनु जरुरी रहेको कुरामा जोड दिए।

त्यस्तै समितिको १५ औं अधिवेशनले पुनः ताराप्रसाद श्रेष्ठलाई अध्यक्षतमा चयन गरेको छ। समितिको उपाध्यक्षमा डा.लक्ष्मीकान्त चापागाई, सचिवमा सत्यप्रसाद खनाल, कोषाध्यक्षमा अर्जुन गिरी, सहसचिवमा राजेन्द्र खनाल चयन भएका छन्। त्यसैगरी सदस्यहरुमा कृष्णराज वाग्ले, कृष्ण भारती, नारायणी वाग्ले, भाग्यशाली ढुंगाना, भगवती न्यौपाने र पार्वती गिरी छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।