बागलुङ गलकोटको ३ सामुदायिक वनमा आगोलागी


     एभरेस्ट आवाज    
     फागुन ११ गते २०७७ मा प्रकाशित




सांकेतिक तस्बीर

बागलुङ जिल्लाको गलकोटस्थित ३ सामुदायीक वनमा ठ्ूलो आगलागी भएको छ।

सोमबार दिउँसोदेखि तीनवटै सामुदायीक बनमा आगलागी भएको हो। आगो नियन्त्रण बाहिर रहेकाले स्थानीय चिन्तित छन्।

गलकोट नगरपालिका वडा नं ५ र ७ का ३ सामुदायिक वनमा आगलागी हुँदा करोडौको क्षति भएको स्थानीयले बताएका छन्। भैंसे दान्सिङडाँडा सामुदायिक वन गलकोट नगरपालिका वडा नं ५ देखि सुरु भएको आगो छिमेकी वडाको ठूलाचौर सामुदायिक वनसम्म फैलिएको जनाइएको छ।

आगलागीको कारण दानसिङडाँडा सामुदायीक वनको झण्डै ४० हेक्टर क्षेत्रफलमा क्षति भएको छ। दिउँसोदेखि इलाका प्रहरी कार्यालय गलकोट र स्थानीयले आगो निभाउने प्रयास गरेपनि अहिले आगो नियन्त्रण बाहिर रहेको स्थानीयको भनाई छ।

सोही आगो छिमेकी वडा नं. ७ को ठूलाचौर सामुदायिक वनमा प्रवेश गरेसँगै उक्त सामुदायिक वनको झण्डै २० हेक्टर क्षेत्रफल क्षति भएको जनाइएको छ।

आगोको कारण दानसिंङ सामुदायिक वनसँगै जोडिएको गगनपानी सामुदायिक वन गलकोट नगरपालिका वडा नं ५ को झण्डै ५ हेक्टर क्षेत्रफल वनमा क्षति भएको छ। आगो अहिले पनि जंगलमा फैलिरहेको छ। आगो बस्तीतिर आउने खतरा रहेको भन्दै स्थानियबासी चिन्तित छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।