१८औँ गणितीय हाजिरीजवाफमा एस ओ एस प्रथम


     एभरेस्ट आवाज    
     माघ ६ गते २०८२ मा प्रकाशित




गणित शिक्षा परिषद् कास्कीले आयोजना गरेको गणितीय हाजिरीजवाफ प्रतियोगितामा पोखराको एसओएस विद्यालय प्रथम भएको छ ।

१८औँ संस्करणको सो प्रतियोगितामा मदरल्याण्ड मावि द्वीतिय, ,धौलागिरी बोर्डिङ स्कुल तृतीय र ब्रह्मरूपा मावि, माछापुच्छ्रे मावि र ग्लोबल स्कुलले सान्त्वना स्थान प्राप्त गरेको परिषद्का सूचना तथा सञ्चार संयोजक जयराम पौडेलले जानकारी दिए । कास्कीका चारवटा गाउँपालिकास्तरमा प्रतियोगिता सम्पन्न भई प्रत्येक गाउँपालिकाबाट एक–एक टिम सेमिफाइनलमा प्रवेश गरेका थिए भने पोखरा महानगरपालिकाका विद्यालयहरूमध्ये लिखित परीक्षाबाट ४२ टिम छनोट भई स्टेज अन क्विज चरणमा सहभागी भएका थिए। उनीहरु मध्येबाट ६ टिमलाई फाइनल प्रतिस्पर्धामा सहभागी गराईएको पौडेलले बताए ।

विजयी विद्यार्थीलाई एसओएस स्कुलका प्रिन्सिपल चुडामणि सुवेदी र परिषद् कास्कीका अध्यक्ष खगेन्द्रराज बरालले पुरस्कार प्रदान गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुवेदीले विद्यार्थीको बौद्धीक विकासका लागि कार्यक्रम प्रभावकारी रहेको बताए ।परिषद्का अध्यक्ष खगेन्द्रराज बरालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सहसचिव महेन्द्र पौडेलले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।