पोखराको गैरापाटनस्थित कुमुदिनी होम्सका विद्यार्थीद्वारा ब्रोन्ज सेक्सन पूरा गरेका छन्।
विद्यार्थीले विश्वको प्रतिष्ठित ड्युक अफ एडिनवर्गको अन्तर्राष्ट्रिय अवार्ड अन्तर्गत ब्रोन्ज सेक्सन पूरा गरेका हुन्।
झण्डै १ वर्ष अवधिसम्मको सहभागितामा विद्यालयको कक्षा ९ मा अध्ययनरत १४ जना विद्यार्थीले आवश्यक मापदण्ड पूरा गरेका हुन्
।
विद्यार्थीहरुले सोको लागि ७ घण्टा साहसिक यात्रा, १२ घण्टा शारीरिक मनोरञ्जन, १२ घण्टा कौशल र २६ घण्टासम्म स्वयंसेवा गरी सक्रिय सहभागिता जनाएका थिए।
विद्यालयका निर्देशक कुशल पालिखेले पोखराबाट प्रतिष्ठित सो अवार्डमा ब्रोन्ज सेक्सन पार गर्नु आफैमा खुसीको विषय भएको उल्लेख गरे। यसले भविष्यमा विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा भाग लिन उत्प्रेरित गर्नेछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ३० गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६४ प्रतिशत…





