कास्की २ बाट विष्णुको स्वतन्त्र उमेद्वारी


     एभरेस्ट आवाज    
     माघ ६ गते २०८२ मा प्रकाशित




आगामी फागुन २१ गते हुने निर्वाचनका लागि कास्की निर्वाचन क्षेत्र नम्बर २ मा स्वतन्त्र उमेद्वारी परेको छ ।

प्रतिनिधि सभा सदस्यका लागि पोखरा १५ निवासी विष्णुप्रसाद तिवारीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार ड्यामसाइटस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले आफ्नो मनोनयन पत्र पेस गरेका हुन् ।

उनी विश्व हिन्दु महासंघ कास्कीका सचिव हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।