पोखराको लामाचौरमा रहेको अल्फा बोर्डिङ स्कुलले विद्यालयमा कार्यरत शिक्षक,कर्मचारी सहित विद्यार्थीलाई सम्मान गरेको छ ।
विद्यालयको ३७ औं बार्षिकोत्सव एवं अभिभावक दिवसको अवसरमा बिहीबार विद्यालयमा आयोजित कार्यक्रममा दीर्घसेवा सम्मानबाट शिक्षक भारती गौतम, रुपा थापा, सपना थापा र कर्मचारी रनशोभा गुरुङ सम्मानित भए । त्यस्तै माध्यमिक शिक्षा परीक्षामा २०८० मा उत्कृष्ट जिपिए ल्याउने प्रनिता गुरुङ र २०८१ मा उत्कृष्ट जिपिए ल्याउने नशिव पुन, वर्ष उत्कृष्ट विद्यार्थीमा अभिषेक श्रेष्ठ तथा विभिन्न गतिविधीमा उत्कृष्ट भएका कंचनजङ्गा, मनास्लु र जुगल सदन सम्मानित भए । उनीहरुलाई शिक्षा विकास तथा समन्वय ईकाई कास्कीका प्रमुख लोकनाथ आचार्य र विद्यालयका संस्थापक प्रिन्सीपल सुरेन्द्रमानसिंह भण्डारीले नगद, सम्मानपत्र र दोशल्ला ओढाएर सम्मान गरे । कार्यक्रममा कक्षा नर्सरी देखि १० सम्म विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ ।

यसअघि कार्यक्रमको उद्घाटन गर्दै शिक्षा विकास तथा समन्वय ईकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले विद्यालयमा हुने पाठ्यपुस्तक केन्द्रीत शिक्षण विधीले मात्र अपेक्षाकृत उपलब्धी हासिल गर्न नसिकने बताए । उनले शैक्षिक गुणस्तर वृदुधीका लागि पाठ्यक्रम निर्माण र पढाईका अलावा शैक्षिक क्रियाकलापमा जोड दिनुपर्ने बताए । विद्यालयका संस्थापक प्रिन्सीपल सुरेन्द्रमानसिंह भण्डारीले हरेकको पहिलो पाठशााला आमाको काख नै भएको बताउँदै, औपचारिक शिक्षाको आरम्भ मात्रै विद्यालयबाट हुने स्पष्ट पारे । कार्यक्रममा पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, प्याव्सनका केन्द्रीय उपाध्यक्ष प्रेम शर्मा,प्याव्सन कास्कीका अध्यक्ष षडानन्द गौतम, अभिभावक विन्ती गुरुङ लगायतले यस क्षेत्रको शैक्षिक विकासमा विद्यालयले पुर्याएको योगदानको चर्चा गरेका थिए ।प्रिन्सीपल भण्डारीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा विद्यार्थीले विभिन्न सांस्कृतिक तथा जनचेतनामुलक नृत्य प्रस्तुत गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं प्रिन्सीपल भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहायक प्रिन्सीपल कृष्ण लम्साल र संचालन शिक्षक भारती गौतमले गरेकी थिईन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाली कांग्रेस रूपा गाउँपालिका वडा नं. ३ र ४ को…







