आज (नेकपा) प्रचण्ड–माधव पक्षको संसदीय दलको बैठक बस्दै


     एभरेस्ट आवाज    
     फागुन १२ गते २०७७ मा प्रकाशित




फाइल तस्बीर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षको बुधबार संसदीय दलको बैठक बस्दैछ।

मंगलबार सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला गरेसँगै दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा संसदीय दलको बैठक बस्ने भएको हो।

बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई बोलाइएको छ।

प्रतिनिधिसभामा नेकपाका दुवैपक्ष गरी सभामुखबाहेक १७३ सांसद थिए। राष्ट्रियसभामा ५० जना छन्।

पुष ८ गते बानेश्वरस्थित संसद् भवनमा बुधबार बसेको उक्त समूहको दलको बैठकले दल नेताबाट प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई हटाई पुष्पकमल दाहाललाई बनाउने निर्णय गरेको थियो। प्रचण्ड–माधव पक्षले पार्टी अध्यक्षबाट ओलीलाई हटाउँदै नेकपाको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ।

प्रधानमन्त्री ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटनको प्रस्ताव ल्याएपछि नेकपा विभाजन भएको थियो। निर्वाचन आयोगले नेकपा विभाजनलाई वैधानिकता दिएको छैन। आयोगमा यो विषय अझै कानुनी लडाइँमा छ।

प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ। एउटा समूहको नेतृत्व प्रधानमन्त्री केपी ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व माधव–प्रचण्डले गरेका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।