लायन्स क्लव अफ पोखरा फेवा फुलबारीले पोखरा १६ , दीपमा रहेको दिव्यज्योति आधारभूत विद्यालयलाई युरोगार्ड वितरण गरेको छ ।
लायन्सको “शुद्ध खानेपानी कार्यक्रम” तथा “स्थानीय सरकारसँग लायन्स अभियान”अन्तर्गत विद्यालयलाई युरोगार्ड वितरण गरिएको क्लवका अध्यक्ष लायन गोविन्द अधिकारीले जानकारी दिए । कार्यक्रममा स्थानीय सरकारसँग लायन्स अभियानका प्रमुख लायन बालकृष्ण बरालले विद्यालयका प्रधानाध्यापक लक्ष्मी बराललाई युरो गार्ड हस्तान्तरण गर्दै विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी र वालवालिकालाई शुद्ध खानेपानीको पहुँच सुनिश्चित गर्न सहयोग उपयोगी हुने बताए ।
लायन्स क्लव अफ पोखरा फेवा फुलबारीका अध्यक्ष लायन गोविन्द प्रसाद अधिकारीको अध्यक्षता भएको कार्यक्रममा क्लवका चार्टर प्रेसिडेन्ट लायन शंकर बहादुर,क्लवका पास्ट प्रेसिडेन्ट लायन गोविन्द गौतम,प्रथम उपाध्यक्ष लायन राजु कार्की,कोषाध्यक्ष लायन होमनाथ आचार्य,सदस्य लायन राम पौडेल,सल्लाहकार लायन रवि पौडेल, सचिव लायन विवस पौडेल र विद्यालयका प्रधानाध्यापक लक्ष्मी बराल लगायतले मानवीय सेवाका क्षेत्रमा लायन्सले पुर्याएको योगदानको चर्चा गरेका थिए ।
मिराकल इन्स्टिच्युटका संचालक,क्लवका सदस्य रवी भण्डारी तथा कुलराज बरालले सहयोग गरेको कार्यक्रमको संचालन सचिव लायन बिबश पौडेलले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा महानगरपालिका वडा नं १७ दोविल्लाका वासिन्दाकाले सेती र फुस्रेखोलाको कटान नियन्त्रण…






