निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि तय भएका मतदाताको सूची सार्वजनिक गरेको छ।
मंगलबार प्रकाशित भएको नामावली अनुसार कास्कीमा ३ लाख ८ हजार ५७२ जना मतदाता रहेका छन् । निर्वाचन आयोगले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार आगामी प्रतिनिधि सभा निर्वाचनका लागि कास्कीका तीन वटै क्षेत्रमा पुरुष भन्दा महिलाको संख्या धेरै रहेको छ । तथ्याङ्कअनुसार कास्कीमा पुरुष मतदाता १ लाख ४८ हजार ४१५ र महिलाको संख्या १ लाख ६० हजार १५३ रहेको छ । जसमा अन्य ४ जना छन् । आयोगका अनुसार कास्की निर्वाचन क्षेत्र नं. १ मा पुरुष ५६ हजार ७९ र महिला ६० हजार ७९८ गरी १ लाख १६ हजार ८७८ जना मतदाता छन् । क्षेत्र नं. २ मा ८४ हजार १३४ मा पुरुषको संख्या ३९ हजार ७९३ र महिलाको संख्या ४४ हजार ३४० छ । त्यस्तै क्षेत्र नंं. ३ मा पुरुष मतदाता ५२ हजार ५४३ र महिला मतदाता ५५ हजार १५ जना रहेका छन् । अन्य तर्फ क्षेत्र नं. १ मा १ जना, क्षेत्र नं. २ मा १ जना र क्षेत्र नंं ३ मा २ जना छन् ।
आयोगले दिएको जानकारी अनुसार कास्कीमा १ सय ५३ मतदान स्थलमा ३ सय ४५ केन्द्र रहने छन् । जस अन्र्तगत कास्की निर्वाचन क्षेत्र नं. १ मा ६१ स्थलमा १ सय ४० केन्द्र,क्षेत्र नं. २ मा ३३ स्थलमा ७९ केन्द्र र क्षेत्र नं. ३ मा ५९ स्थलमा १ सय २६ केन्द्र रहने छन् । प्रतिनिधी सभाको १६५ स्थानका लागि फागुन २१ गते निर्वाचन हुँदैछ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, माघ २० कास्कीको अन्नपूर्ण गाउँपालिका स्थित पर्यटकीय गाउँ घान्द्रुकमा फागुन ६…






