क्षत्रशक्ति सहकारीको रक्तदानमा ५७ युनिट रगत संकलन


     एभरेस्ट आवाज    
     माघ २० गते २०८२ मा प्रकाशित




लेखनाथ, २० माघ ।

कास्कीको पोखरा महानगरपालिका वडा नम्वर २७ को तालचोकमा रहेको क्षत्रशक्ति बचत तथा ऋण सहकारी संस्थाको १६ औ स्थापना दिवसका अवसरमा राखिएको रक्तदानमा ५७ युनिट रगत संकलन भएको छ ।

सस्थाले हरेक वर्ष आफनो स्थापना दिवसमा केही न केही सामाजिक उत्तर दाईत्वका काम गर्दै आएको र यस वर्ष आम जनमानसमा रत्तदानको वारेमा सचेतना गराउने उदेस्यले राखेको रक्तदानमा ५७ युनिट रगत संकनल भएको सस्थाका ब्यवस्थापक सरोज कुवँरले जानकारी दिए ।

पहिलो रत्तदाता सस्थाका सेयर सदस्य शंकर थापालाई ब्लड ब्याग हस्तान्तरण गर्दै नेपाल रेडक्रस सोसाईटी कास्की शाखाका सभापति उर्मिला खड्काले रत्तदानको महत्व र उपयोगित एवंम रत्तदानबाट वन्न सकिने निरोगीताका बारेमा आम जनमानसमा पु¥याउने हो भने बजारमा कहिल्यै पनि रगतको अभाव नहुने वताईन् ।

संस्थाका अध्यक्ष सप्त बहादुर जि.सी.को अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका द्धितिय उपाध्यक्ष धु्रवबाबु भट्टराई लगाएतले रत्तदान गर्ने बानीको विकास गर्नुपर्ने सचेतना समाजका हरेक वर्गमा पु¥याउने पर्ने सुझाव राखेका थिए ।

सस्थाका उपाध्यक्ष सुवास खड्काले स्वागत मन्तब्य राखेको कार्यक्रमको संचालन संस्थाकी सचिव ज्योति के.सी.ले गरेकी थिईन ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।