पोखरा, माघ २०
कास्कीको अन्नपूर्ण गाउँपालिका स्थित पर्यटकीय गाउँ घान्द्रुकमा फागुन ६ गतेदेखि घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड ९घान्द्रुक०को सयुक्त आयोजनामा मेश्रम बराह माध्यमिक विद्यालयको प्राङ्गणमा हुने महोत्सव फागुन ९ गतेसम्म हुने आयोजकले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
‘सबै मौसममा पर्यटन भन्ने नारासहित विगत केही वर्षयता आफूहरुले घान्द्रुक पर्यटन महोत्सव गर्दै आएको रोधीं क्लब कोँड घान्द्रुकका वरिष्ठ उपाध्यक्ष लामा अमृत गुरुङले जानकारी दिए । उनले भने, ‘घान्द्रुकमा खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ फागुन ६ देखि ९ गतेसम्म खेलकुद तथा सांस्कृतिक कार्यक्रमको साथ महोत्सव आयोजना गरिएको हो ।’
घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले महोत्सवको अवसरमा पर्यटकहरुलाई १५ प्रतिशत छुट रहेको बताए ।
रोधीं क्लब कोँड ९घान्द्रुक०का अध्यक्ष लक्षिण गुरुङले महोत्सवले घान्द्रुकको पर्यटन प्रवद्र्दन गर्न मद्दत पुग्ने बताए । महोत्सव सफल बनाउन घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड ९घान्द्रुक०ले पोखरा र घान्द्रुकमा आयोजना गरेको च्यारिटी डिनर कार्यक्रममा १९ लाख रुपैयाँ संकलन भएको जनाइएको छ ।
महोत्सवमा भलिबल,घोडा दौड र भेडाको साँड जुडाई मुख्य आर्कषणघान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले महोत्सवको अवसरमा खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, राष्ट्रव्यापी बास्केटबल प्रतियोगिता, घोडा दौड प्रतियोगिता,भेडाको साँड जुडाई प्रतियोगिता,रस्साकस्सी प्रतियोगिता, छेलो प्रतियोगिता लगायतका प्रतियोगिता आयोजना गरिएको बताए ।
महोत्सवको अवसरमा आयोजना गरिएको खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता र राष्ट्रव्यापी अन्तरपालिका खुल्ला पुरुष बास्केटबल प्रतियोगिताको विजेताले समान १ लाख ६६ हजार ६ सय ६६, उपविजेताले १ लाख ११ हजार १ सय ११ र तृतीय हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यस्तै घोडा दौड प्रतियोगिताको प्रथम हुनेले १ लाख १ हजार १ सय ११, द्धितिय हुनेले ४० हजार ४ सय ४४, तृतीय हुनेले २० हजार २ सय २२,चौथो हुनेले ११ हजार पाँचौ हुनेले ९ हजार, छैठौं हुनेले ७ हजार र सातौं हुनेले ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
घान्द्रुक चक्रिय पदमार्ग दौडको प्रतियोगिताको विजेताले १६ हजार ६ सय ६६, उपविजेताले ७ हजार ४ सय ४४ र तृतीय हुनेले ३ हजार ४ सय ४४ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै छेलो प्रतियोगिताको विजेताले १६ हजार ६ सय ६६ र उपविजेताले ६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै महिला तथा पुरुष रस्साकस्सी प्रतियोगिताका विजेताले समान ११ हजार १ सय ११ र उपविजेताले ५ हजार ५ सय ५५ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै भेडाको साँड जुडाई प्रतियोगिताको प्रथम हुनेले ११ हजार, द्वितीय हुनेले ९ हजार,तृतीय हुनेले ७ हजार, चौथो हुनेले ५ हजार र पाँचौ हुनेले ३ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, माघ २० कास्कीको अन्नपूर्ण गाउँपालिका स्थित पर्यटकीय गाउँ घान्द्रुकमा फागुन ६…






