पोखरा । पोखराको नदीपुरस्थित गण्डकी एकेडेमी अफ इन्टरडिसिप्लिनरी स्टडिज (गेन्स) कलेजले स्नातक तहका विद्यार्थीका लागि विस्डम बियोन्ड क्लासरुम ‘क्लास आउट’ कार्यक्रम गरेको छ । ‘न लेक्चर, न पाठ्यपुस्तक—तर कक्षाभन्दा बाहिरको जीवनबाट प्राप्त ज्ञान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रममा विद्यार्थीलाई व्यावहारिक ज्ञान, अनुभव र जीवन दृष्टिकोणबारे जानकारी दिइएको थियो । कक्षाभन्दा बाहिरको सिकाइलाई केन्द्रमा राखेर गरिएको यस कार्यक्रमले विद्यार्थीलाई जीवनका विविध आयाम बुझ्न सघाएको आयोजकले जनाएको छ ।
कार्यक्रममा कलेजका प्रधानाध्यापक विजय आनन्द शर्मा तिमिल्सिनाले शिक्षा डिग्रीमा मात्र सीमित नहुने बताउदै कक्षा कोठा बाहिरै लगेर ब्यबहारिक ज्ञान आर्जन गराउन कार्यक्रम आयोजना गरिएको बताए । एभरेस्ट एफएम का सिइओ सञ्चारकर्मी दीपेन्द्र श्रेष्ठले जीवनले मानिसलाई पाठ्यक्रममा नभई परिस्थितिमा परीक्षा लिने बताए । उनले आफ्नो जीवनको संघर्ष र मिडिया उतारचढावसहित बाल्यकाल, पढाई, संचार क्षेत्र तर्फ मोडिएको मोड र मिडियाको सामाजिकिरण पक्षमाथि उजागर गरे । श्रेष्ठले मिडियाले शुरु गरेको संस्थागत सामाजिक योगदान(सेती खोंच तारजाली, भुर्जुङखोला तातोपानी बाढिपिडित सहयोग, कोभिड हस्पिटल), कोशि बाढिपिडितकालागि राहत सामग्री, बिद्यार्थीकालागि राहत बिद्यालय संचालन, शाही कालमा एफ एम मा समाचार र टक सोमाथि अंकुश लगाए पछि सिर्जना गरिएको रेडियो टिचिङ कार्यक्रम र भुकम्पपछि अस्थायी कक्षा कोठा निर्माणकालागि युवा स्वयम्सेवा अभियान लगायतका मिडिया मार्फत गरिएका परोपकारी पत्रकारिताको चर्चा गपेका थिए । वाक् स्वतन्त्रता सिमाहिन नहुने बताउदै श्रेष्ठ स्वतन्त्रता र स्वच्छन्दता बिचको फरक बुझि जिम्मेवार बन्नु पर्नेमा जोड दिए । उनको स्पष्ट भनाई थियो सामाजिक सञ्जालको प्रयोग जिम्मेवारपूर्ण ढंगले गर्नु पर्छ, यसलाई नियन्त्रण हैन नियमन चाँहि जरुरी छ । नेपालको संबिधानको मौलिक हक र कर्तव्य बारे धारा ४८ मा “नागरिकका कर्तव्य” उल्लेख गरिएको जानकारी दिदै श्रेष्ठले सत्यको पक्षमा उभिन र जिम्मेवार नागरिक हुनुको महत्वबारे प्रकाश पारे ।



युवा उद्यमी निर्देश द्वाले उद्यमशीलताको यात्रामा जोखिम लिन सक्ने साहस नै सफलताको आधार हुने धारणा राखे । ‘सपना देख्न हिम्मत चाहिन्छ, तर सपना पछ्याउन कार्य गर्ने आँट चाहिन्छ,’ उनले भने । द्वाले नयाँ उद्यमलाई पुरानो संरचनामा ल्याउँदा देखिने चुनौती र समस्याको समाधान खोज्दै कामलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्नेमा जोड दिए ।
शिक्षक नारायण न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा हिसान गण्डकी प्रदेशका अध्यक्ष डा रामजी शर्मा र प्राध्यापक डाक्टर विकास केसी, डा त्रिभुवन शर्मा बराल लगायतले अतिथि वक्ताहरूलाई स्वागत गरेका थिए । कार्यक्रममा विद्यार्थीका तर्फबाट आयुषा पौडेल, किर्तन पोखरेल, युग शर्मा, विमल श्रेष्ठ र सबिन राई लगायतले वक्ताहरूसँग जिज्ञासामूलक प्रश्न गरेका थिए । कक्षाभन्दा बाहिरको जीवन अनुभव, संघर्ष र संवादबाट प्राप्त हुने सिकाइ प्रभावकारी हुने सहभागीहरूको भनाइ थियो । गेन्स कलेजमा हाल बिबिए, एमबिए र बिएससी सीएसआइटि को कक्षा सञ्चालन भइरहेको छ ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान विभागले सम्भावित विपद्बाट हुनसक्ने…







