प्राडा बुद्धिबहादुर थापा तनहुँ रत्न सम्मान पुरस्कारबाट सम्मानीत हुँदै


     एभरेस्ट आवाज    
     फागुन १३ गते २०७७ मा प्रकाशित




प्राडा बुद्धिबहादुर थापा आज (बिहीबार) तनहुँ रत्न सम्मान पुरस्कार २०७७ बाट सम्मानित हुँदैछन्।

तनहुँ सम्पर्क समाज पोखराले यसै वर्षबाट यो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

पुरस्कार राशी १० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । समाजको स्थापना भएको दिन फागुन १३ आज (बिहीबार) सो पुरस्कारबाट प्राडा थापा सम्मानीत हुँदैछन्।

तनहुँबाट पोखरा आई बसोबास गरेका सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिलाई समाजले स्थापना गरेको २ लाख रुपैयाँको अक्षयकोषको प्राप्त ब्याजबाट नगदसहित सम्मान गरिने समाजले जनाएको छ।

प्राडा थापा हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति हुन्। शुक्लागण्डकी ३ वनकेवामा जन्मिएका उनी झण्डै ४ दशकदेखि चिकित्सा क्षेत्रमा क्रियाशील छन्। वि. स. २०४१ सालबाट सेवा प्रारम्भ गरेका डा. थापा २०४६ सालदेखि पोखरामा बस्दै आएका छन्।

शुक्लागण्डकी ५ बेलचौतारामा रहेको तत्कालीन सेतीगंगा सामुदायिक अस्पताल निर्माण र जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा रुपान्तरण गर्नसमेत उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।