निर्वाचन रिपोर्टिङ सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ कास्कीको आयोजना र प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा बुधबारदेखि सुरु भएको तालिम सम्पन्न भएको हो । तालिमको समापन गर्दै गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारीले निर्वाचन लोकतन्त्रको उत्सव भएको बताउदै पत्रकारले निर्वाचनका बेला सवेंदनशिल भएर निष्पक्ष समाचार जनतामाझ पस्कन पर्ने बताईन् । उनले निर्वाचन स्वच्छ, शान्त र निष्पक्ष बनाउन आम सञ्चारको भूमिका लाई ध्यानमा राखेर तालिम आयोजना गरेकोमा महासंघ कास्कीलाई धन्यवाद दिईन् ।
तालिममा सहभागीहरु मध्येबाट आफ्नो अनुभव सुनाउदै पत्रकार शिशिर पौडेल, खिमा गुरुङ र तिलक पुनले तालिमले निर्वाचन प्रक्रिया सहित रिपोर्टिङका बारे जानकारी प्राप्त भएको र सिकेका कुरालाई ध्यानमा राखेर कार्यक्षेत्रमा खटिने बताए । तालिममा गण्डकी प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी नारायण ढकाल, प्रेस काउन्सिलका सदस्य केशवशरण लामिछाने, समाधान दैनिकाका प्रधान सम्पादक पत्रकार भरत कोइराला, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक गणेश पाण्डे, कास्की निर्वाचन क्षेत्र नं २ का सहायक निर्वाचन अधिकृत दिपक गिरीले तालिममा निर्वाचन सम्बन्धी कानुन, निर्वाचन प्रक्रिया, पत्रकार आचारसंहिता र निर्वाचन सुरक्षा संवेदनशिलता लगायतका विषयमा सहजिकरण गरेका थिए ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले निर्वाचनलाई भय र धाँधली रहित बनाउन पत्रकारिताको भूमिका रहने भएकाले तालिममा प्राप्त ज्ञानलाई आ आफ्नो कार्यक्षेत्रमा प्रयोग गर्न सुझाव दिए । उनले पत्रकारिता जहिले पनि देश र जनाताको पक्षमा हुनुपर्ने बताए । सहभागि पत्रकारलाई प्रेस रजिष्ट्रार बिमला भण्डारी, प्रशिक्षक पत्रकार भरत कोईरालाले प्रमाणपत्र वितरण गरे । तालिममा विभिन्न संचारमाध्यममा आवद्घ ७५ जना पत्रकार सहभागी भएको सहसचिव तथा प्रचार विभाग प्रमुख मधु अधिकारीले जानकारी दिए ।
महासंघ कास्कीका अध्यक्ष माधब बरालको अध्यक्षतामा भएको समापन कार्यक्रमको सञ्चालन सचिव भुपाल गुरुङले गरेका थिए ।यसअघि महासंघले एक कार्यक्रममा सहभागि हुन पोखरा आएका प्रेस काउन्सिलका सदस्य शाान्तराम विडारी, सुचना तथा प्रशाारण विभागका निर्देशक पुर्णिमा उपाध्याय र बाग्मती प्रदेशका प्रेस रजिष्टार रेवती सापकोटालाई स्वागत गरेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान विभागले सम्भावित विपद्बाट हुनसक्ने…






