लेखनाथ, फागुन ४
नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका तिलक रानाभाटले मादी गाउँपालिका र रुपा गाउँपालिकाको पहिलो चरणको भेटघाट तथा कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न गरेर बजार केन्द्रित चुनाव प्रचारलाई अगाडि बढाएका छन्।
बजार केन्द्रित चुनाव प्रचार कार्यक्रम अन्तर्गत तिलक रानाभाटले पोखरा महानगरपालिका वडा नम्बर २६ का विभिन्न टोल तथा बस्तीहरू गरी सोमबार १४ ठाउँमा भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेका छन् । उम्मेदवार रानाभाटले भेटघाट कार्यक्रम अन्तर्गत पोखरा २६ का विकास निर्माणका कामहरूको अवलोकन गर्दै थप विकासका योजनामा आफूले पहल गर्ने प्रतिबद्धता जनाएका छन्। घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष नरेन्द्र थापाले आफूले अहिलेसम्म गरेका विकास तथा जनप्रेमी काम हरु थप अगाडि बढाउन तिलक रानाभाटले चुनाव जित्नुपर्ने अति आवश्यकता रहेको बताएका छन्।

सोही कार्यक्रममा वडा अध्यक्ष थापाले अब डिजिटल युग भएको हुनाले समय सापेक्ष युवा मैत्री र डिजिटल विकासमा सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्। उनले तिलक रानाभाटको विजयसँगै नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने र गगन थापा प्रधानमन्त्री हुँदा आफूहरूले पोखरा र पोखरेलीको विकासमा हातेमालो गर्न थप सहयोग पुग्ने पनि जनाएका छन्। सोही कार्यक्रममा जनप्रतिनिधि हरू तीर्थ राजभाट सुदीपराज ढुङ्गाना, स्थानीय समाजसेवी तथा राजनीतिज्ञ ध्रुव विक श्रीमाया बिक विनी माधव अधिकारी पार्वती बराल बद्रीनाथ ढुङ्गाना सरोज बिक जगन्नाथ तिमिल्सिना सरस्वती गौतम विक्रम ओझा शारदा बराल राजु गुरुङ क्षेत्र प्रधान माया भण्डारी हरिबहादुर लामिछाने रामबहादुर राणा मगर लगायतले उम्मेदवार रानाभाटलाई भव्य विजयको शुभकामना व्यक्त गरेका थिए।

नेपाली कांग्रेस पोखरा २६ का सभापति शिवबहादुर रानाभाट ज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वडा सचिव ईश्वरी अधिकारीले गरेको क्षेत्रीय सचिव ओम प्रकाश गुरुङले बताए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, ११ जेठ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग…







