राजकाजीको प्राथमिकता : शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पर्यटन


     एभरेस्ट आवाज    
     फागुन ४ गते २०८२ मा प्रकाशित




प्रतिनिधि सभा क्षेत्र नं। १ का उम्मेदवार राजकाजि गुरुङले मादी गाउँपालिकामा मतदातासँग घरदैलो कार्यक्रम तीव्र पारेका छन्। कार्यक्रम वडा नं। ५ को ठुलोस्वाँराबाट सुरु भई चित्रे मगरगाउँ, भैसे, वडा नं. ४ तारकाङ–माझाहाटी, वडा नं। ३ याङ्जाकोट–देउराली तथा वडा नं। २ को घाम्राङ र ताङतिङ लगायतका स्थानमा सम्पन्न गरेका छन्।
घरदैलोका क्रममा ठुलोस्वाँराका भीम गुरुङले २०६४ सालमा तत्कालीन नेकपा माओवादीका उम्मेदवार देव गुरुङलाई मतदान गरेर विजयी बनाएको स्मरण गर्दै यसपटक पनि गुरुङ समुदायका छोरा राजकाजि गुरुङ उम्मेदवार बन्नु सबैका लागि खुशीको विषय भएको बताए। संविधान निर्माणका क्रममा महत्वपूर्ण भूमिका खेलेका नेताले विकासका कामलाई निरन्तरता दिने विश्वास व्यक्त गर्दै उनले ठुलोस्वाँरामा बाटो र खानेपानीको समस्या समाधान गर्न आग्रह गरे। साथै, ठुलोस्वाँरामा होमस्टे सञ्चालनको सम्भावना रहेकाले पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने धारणा राखे।
घरदैलो कार्यक्रममा नेकपा ९कम्युनिस्ट पार्टी० का केन्द्रीय नेता तेजकुमारी पौडेल, गायत्री गुरुङ, पूर्ण लामा, कृष्ण गुरुङ, समानुपातिक उम्मेदवार सोमती गुरुङ, दिलु पन्त लगायतको उपस्थिति रहेको थियो। भेटघाटका क्रममा मतदाताहरूले बाटो, खानेपानी, स्वास्थ्य, शिक्षा र रोजगारीका क्षेत्रमा विशेष ध्यान दिन उम्मेदवारलाई आग्रह गरेका थिए।
समानुपातिक उम्मेदवार दिलु पन्तले आफू मादीकै चेली भएको उल्लेख गर्दै तारा चिन्हमा मतदान गर्न अनुरोध गरिन्। उम्मेदवार राजकाजि गुरुङले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पर्यटनलाई प्राथमिकतामा राख्दै जनताका न्यूनतम आवश्यकतामा केन्द्रित भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। साथै, केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज श्रीनाथ बरालले संविधानको रक्षा र विकासका लागि राजकाजि गुरुङलाई विजयी बनाउनुपर्ने धारणा राखे।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।