नेकपा एमालेका उपाध्यक्ष एवं लमजुङबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पृथ्वीसुब्बा गुरुङले अघिल्लो निर्वाचनको तुलनामा यसपटक चुनाव जित्न सहज रहेको दाबी गरेका छन् ।
२०७९ को निर्वाचनमा पाँच दलीय गठबन्धनलाई पराजित गरेको इतिहास स्मरण गर्दै उनले यसपटक एमालेको जितलाई कसैले रोक्न नसक्ने बताए । दोर्दीका विभिन्न गाउँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले २०७९ मा पाँच दलीय गठबन्धनलाई जितेको र यसपटक सहजै जित निकालिने दावी गरे । ‘यो जित व्यक्तिको मात्र होइन, विकास र स्थायित्वका लागि जनताको जित हुनेछ’ उनले भने ।उनले विगतमा पनि प्रतिकूल समय र २०६४ को राजनीतिक आँधीबेहरीका बीच चुनाव जितेर आफूलाई प्रमाणित गरिसकेको उल्लेख गरे ।
उनले यसपटकको उम्मेदवारी विकासका अधुरा योजना पूरा गर्न, सुशासन र समृद्धिका लागि भएको बताए । लमजुङको पूर्वाधार, सडक सञ्जाल, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा आफूले ठोस काम गरेको दाबी गर्दै उनले आफूले गरेका कामको नतिजा गाउँटोलमा देख्न सकिने बताए । तिनै कामको आधारमा अब समृद्ध लमजुङ बनाउने आफ्नो लक्ष्य रहेको उनले बताए । विपक्षीले लगाएका आरोप र राजनीतिक प्रहारले एमालेलाई असर नगर्ने उनको भनाइ छ । अप्रमाणित आरोपले पार्टी कमजोर नहुने बरु जनताको विश्वास अझ बढ्ने उनको तर्क छ ।
‘देश जलाउने होइन, बनाउने शक्तिलाई रोज्नुपर्छ’ उनले भने, ‘सुशासन र राष्ट्रिय हितका लागि एमालेको विकल्प छैन ।’उनले स्थिर सरकार निर्माणका लागि एमाले उम्मेदवारलाई विजयी गराउन मतदातालाई आह्वान समेत गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, ११ जेठ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग…







