चुनावको माहोल बढ्दै, पोखरा जेसीजले ‘ककस प्रोग्राम–२०२६’ गर्ने


     एभरेस्ट आवाज    
     फागुन ६ गते २०८२ मा प्रकाशित




निर्वाचनको सरगर्मी बढिरहेकै बेला जेसीआई पोखराले कास्की २ का उम्मेद्वारहरु बिच प्रत्यक्ष संवाद गर्ने भएको छ ।

जेसीजको आयोजना यही फागुन ७ गते पोखरा सभागृहमा हुने ‘ककस प्रोग्राम–२०२६’मा कास्की २ बाट उम्मेदवारी दिएका नेकपा एमालेका रश्मि आचार्य, नेपाली कांग्रेसका माधवप्रसाद बास्तोला, नेपाली कम्युनिष्ट पार्टीका हेमराज थापा पराजुली, राष्ट्रिय स्वतन्त्र पार्टीका उत्तमप्रसाद पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका हेमजंग गुरुङ, उज्यालो पार्टी नेपालका कुशल गुरुङ, मंगोल नेशनल अर्गनाइजेशनका ओलबहादुर गुरुङ, नेशनल रिपब्लिक नेपालका ज्ञानराज गुरुङ वक्ताका रुपमा हुनेछन् । यस्तै कास्की २ बाट स्वतन्त्र उम्मेदवारी दिएका निरञ्जन कोइराला र विष्णु प्रसाद तिमिल्सिना पनि संवादमा सहभागी हुने जेसिज पोखराका अध्यक्ष पहारीले जानकारी दिए ।

बिहान ११ बजेदेखि सुरु हुने संवादको सहजीकरण पत्रकार दीपेन्द्र श्रेष्ठले गर्नेछन् ।कार्यक्रमको एबिसी टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । ककसको आधिकारिक प्रसारणका लागि जेसीआई पोखरा र एबीसी न्यूज प्रालिबिच सम्झौता भएको छ । कार्यक्रमका लागि दुई पक्षबीच मंगलबार पोखरामा द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । सम्झौता पत्रमा जेसीज पोखराका तर्फबाट अध्यक्ष सुमन पहारी र एबीसी टेलिभिजनका तर्फबाट ब्यूरो प्रमुख एमबि आस्थामगरले हस्ताक्षर गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।