कास्की क्षेत्र नं २ का एमाले उम्मेदवार रश्मि आचार्यले जनताको सुझाव समेटेर प्रतिबद्धता पत्र सार्वजनिक गरेको बताएका छन् ।
चुनावी प्रचारको अभियानमा पोखरा १५ का मतदातासँग भेटघाट गर्दै उनले अब ११ वटा वडाको सन्तुलित विकासको अवधारणाबाट अघि बढाउदै, बृहत् पोखरालाई स्थानीय तहको सहकार्यमा व्यवस्थित पर्यटनको शहर बनाउने उद्घोष गरे ।निर्वाचन जितेर गएपछि नफर्कने अधिकांश मतदाताको गुनासोप्रति संकेत गर्दै उमेद्वार आचार्यले जनताले नेता खोज्ने होइन,नेताले जनता खोज्ने परिपाटी विकास गर्ने प्रतिबद्धता जनाए । उनले आफू जनताको सेवक बन्न बाल्यकाल देखि नै राजनीतिमा लागेको उल्लेख गर्दै भने—‘जनताका सानो तिनो काम पनि प्रभावकारी नीति र कानुनको अभावमा अल्मलिएका छन् । भएका योजनाका काम गुणस्तरीय हुन नसकेको भन्ने जनताको गुनासो सम्बोधन गर्न नीति र कानुन नै आवश्यक छ ।’
आफु निर्वाचित भएर संसदमा गए पनि नियमित कार्यतालिका बनाएर स्थानियसंग समस्या र समाधानमा हिजो जस्तै निराकार हुने र स्थानीय आवश्यकताका आधारमा विकास निर्माणमा अगुवाइ र सहकार्य गर्ने आचार्यले उल्लेख गरे ।एमाले वडा कमिटी पोखरा १५ का अध्यक्ष माधवप्रसाद गौतमले समृद्ध पोखरा निर्माणको खाका युवा नेता आचार्यसँग भएको बताए ।
मतदाता भेटघाटमा उमेद्वार आचार्यसँगै एमालेका नेता सोमनाथ अधिकारी प्यासी, केन्द्रीय सदस्यद्वय प्रभा कोइराला, मीना कुमारी गुरुङ, पूर्व केन्द्रीय सदस्य भिम कार्की, अनेम संघ केन्द्रीय सल्लाहकार सिर्जना शर्मा, एमाले कास्कीका कार्यबाहक अध्यक्ष भेषराज बराल, पोखरा महानगर कमिटी अध्यक्ष जीवन प्रसाद आचार्य सहितका स्थानिय नेता कार्यकर्ता सहभागी रहेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, ११ जेठ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग…







