अर्घखाँचीका रेशम पोखरामा मृत फेला


     एभरेस्ट आवाज    
     फागुन १३ गते २०७७ मा प्रकाशित




पोखरा । अर्घखाचीका रेशम नेपाली पोखरामा मृत अवस्थामा फेला परेका छन् ।

अर्घखाँची घर भइ पोखराको मुस्ताङचोक डेरा गरी बस्दै आएका नेपाली पोखरा–६ स्थित बसुन्धारापार्कमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

२५ वर्षिय नेपालीको साथबाट अनुसन्धानका क्रममा छेउमा माछा मार्न प्रयोग गरिने विषाधीको बोत्तल समेत फेला परेको जनाइएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।