दाङमा नेकपा एमालेको झण्डा जलाएको बिषयमा निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई २४ घण्टाभित्र स्पष्टिकरण दिन पत्र काटेको छ ।
रास्वपाका कार्यकर्ताले तुलसीपुरमा एमालेको झण्डा जलाउँदै अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेपछि आयोगले २४ घण्टे स्पष्टिकरण सोधेको हो ।आयोगका कानून अधिकृत मोहनराज जोशीद्वारा हस्ताक्षरित पत्रमा २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगानामा प्राप्त हुने गरी स्पष्टिकरण पठाउन र घटनाबारे तथ्य लेख्न आग्रह गरिएको छ ।आयोगका अनुसार रास्वपाले तुलुसीर घटनामा के कसो भएको हो, एमालेको झण्डा जलाउने कार्य भएको हो कि होइन, एमाले अध्यक्षविरुद्ध असभ्य शब्दहरू प्रयोग गरी नारावाजी भएको हो वा होइन भन्ने बारे स्पष्टीकरण दिनुपर्ने छ ।झण्डा जलाइएको घटनामा संलग्न थप दुई जना पक्राउ परेका छन् ।
प्रहरीले तुलसीपुर–४, हलवारका ३० वर्षीय रमेश राना मगर र तुल्सीपुर–६ का २४ वर्षीय विक्रम परियारलाई पक्राउ गरेको हो ।यसअघि पक्राउ परेका बुद्धि बहादुर बस्नेतसहित तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्य सम्भावित व्यक्तिको खोजी कार्य समेत जारी रहेको प्रहरीको भनाइ छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको मोहरियाटोलस्थित विन्ध्येश्वरी आदर्श स्कुलमा आयोजित दुई दिने अन्तर सदनात्मक बास्केटबल प्रतियोगिता…







