पोखरा १६ मा कास्की २ का उनेपाका उम्मेदवार गुरुङको घरदैलो सम्पन्न


     एभरेस्ट आवाज    
     फागुन १० गते २०८२ मा प्रकाशित




कास्की क्षेत्र नं। २ का उज्यालो नेपाल पार्टीका प्रतिनिधि सभा उम्मेदवार कुशल गुरुङले पोखरा १६ अन्तर्गत विभिन्न स्थानमा घरदैलो गरेका छन् । उनले आईतबार अर्मला, जैमुरे र बाटुलेचौरमा घरदैलो गरेका हुन् । घरदैलोका क्रममा उनले स्थानीय बासिन्दासँग भेटघाट र सम्वादसमेत गरेका थिए । सो क्रममा उनले जनताका समस्या सुन्नुका साथै विकास, सुशासन र सामाजिक न्यायका विषयमा आफ्ना धारणा प्रस्तुत गरे ।

घरदैलो अभियानका क्रममा स्थानीयवासीबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको र आगामी दिनमा जनताको सुझावलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता सो अवसरमा उनले व्यक्त गरे ।

सोमबार वडा नम्बर र १७ मा घरदैलो कार्यक्रम सञ्चालन गर्ने उम्मेदवार गुरुङले जानकारी दिए । उनका अनुसार बिहान १० बजे टुटुङ्गा, ११ बजे अमिनतारा, १२ बजे पटनेरी, दिउँसो ३ बजे महतगौंडा, ४ बजे रातोपैरा र साँझ ५ बजे बिरौटामा घरदैलो तथा जनसम्पर्क कार्यक्रम हुने उनले बताए ।

कार्यक्रमका क्रममा गुरुङले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै जनताका समस्या, सुझाव र अपेक्षा संकलन गर्ने तथा विकास, सुशासन र सामाजिक न्यायका एजेन्डाबारे जानकारी गराउने जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।