नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टी शान्तिपूर्ण राजनीति र स्थायित्वको पक्षमा रहेको बताएका छन् ।
दमकमा आज आयोजित कार्यक्रममा उनले नेसनल भोलेण्टियर फोर्स चुनावका लागि मात्रै नभई दीर्घकालीन रूपमा राष्ट्रको सुरक्षाका लागि गठन गरिएको बताए । अध्यक्ष ओलीले आन्दोलनको नाममा विगतमा जस्तो देश जलाउन र प्रहरीको अतियार खोस्न अब कसैले नसक्ने दाबी गरे । नेसनल भोलेण्टियर फोर्स राष्ट्रको पक्षमा समर्पित हुने र प्रहरी प्रशासनलाई सहयोग गर्ने उनको भनाइ छ ।
अध्यक्ष ओलीले एमाले शान्तिपूर्ण निर्वाचनको पक्षमा दृढ रहेको बताउँदै मतदाताले स्वतन्त्र रूपमा मतदान गर्न पाउनुपर्नेमा जोड दिए । नेकपा एमालेले कोशी प्रदेशस्तरीय नेशनल युथ फोर्स गठन गरेको उनको भनाइ छ । उनले चुनावी सभालाई सम्बोधन गर्दै देशभरका जिल्लाका सदरमुकाम सडक सञ्जालमा जोडिसकेको बताए ।
कोशी प्रदेशको ताप्लेजुङबाट ओलचुङ्गोलसम्मको सडक खोलिएको र कालोपत्रे हुँदै गइरहेको बताउँदै अध्यक्ष ओलीले भने, “हाम्रो काम भनेको विकास गर्ने हो, यस ठाउँबाट मात्र होइन हरेक स्थानमा पुल बाटा बनाइएको र कृषिलाई आधुनिकरण गरिएको छ ।” रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसका पूर्व विद्यार्थीहरूको साझा मञ्च जनप्रिय अल्मुनाइ एसोसिएसनको…






