देशलाई जर्बरजस्ती चुनावमा लगियो:राप्रपा अध्यक्ष लिङदेन


     एभरेस्ट आवाज    
     फागुन १३ गते २०८२ मा प्रकाशित




राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देशलाई जर्बरजस्ती चुनावमा धकेलेको बताएका छन् ।

पोखराको बाटुलेचौरमा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष लिङदेनले जर्बरजस्ती हुन लागेको निर्वाचनबाट आफुहरु नभागेको स्पष्ट पार्दै, यो चुनावलाई पार्टीले आन्दोलनको रुपमा प्रयोग गरेको बताए ।उनले केही दिनभित्रै राजा, ठुला दलहरु र नवयुवाबिच राष्ट्रिय सहमति गरेर अगाडी बढ्नुपर्ने प्रस्तावलाई दोहोर्याएका छन् । एक फरक प्रसगंमा अध्यक्ष लिङदेनले अहिलेसम्म आफुले एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको स्पष्ट पार्दै ,कसैले भ्रष्टाचार गरेको प्रमाणित गरे राजनीतिक जीवनबाटै टाढा रहने दावी गरे । राज्यमा सुशासन कायम गर्ने सवालमा आफू प्रतिबद्ध र इमानदार रहेको उनले बताए।उनले भने,‘हामी सुशासनको सवालमा पूर्णरुपमा प्रतिबद्ध र इमानदार छौँ मात्र होइन, हामीले मौका पायौँ भने भ्रष्टाचारीको टाउकोमाथि जातो पनि चलाउँछौँ।’

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार सम्बन्धी छानबिनको फाइल आफूले अघि बढाएको प्रष्ट पार्दै, उनले राप्रपा भष्ट्राचार विराधी पार्टी भएको दावी गरे ।उनले २०४६ सालदेखि अहिलेसम्म आफूहरुले कहिल्यै निषेधको राजनीति नगरेको बताए।सभामा कास्की क्षेत्र नं. २ का उमेद्वार हेमजङ्ग गुरुङले देश र जनताको रक्षा गर्ने पार्टी भनेकै राप्रपा भएको बताए । लोकतन्त्रका नाममा देशलाई संकटमा पारिएको बताउँदै, उमेद्वार गुरुङले देश बचाउनका लागि पनि राप्रपालाई मतदान गर्न आग्रह गरे ।

सभामा राप्रपा नेता ज्ञानेन्द्र शाही र नेतृ खुश्वु ओली पनि सहभागि हुने बताईए पनि कार्य व्यस्तताले उनीहरु सहभागि नभएको राप्रपाले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।