पोखरा, १४ फागुन ।
नेपाली काँग्रेस कास्कीको आयोजनमा भोलि पोखरामा बृहद आमसभा हुने भएको छ । पोखराको अमरसिंहचौरमा हुने विशाल आमसभाको तयारी पूरा भएको नेपाली कांग्रेस कास्कीले जनाएको छ । आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी आमसभा गर्न लागिएको नेपाली काँग्रेस कास्कीका सहसचिव एवं प्रवक्ता नविन सिग्देलले जानकारी दिए ।
आमसभालाई नेपाली काँग्रेसका सभापति गगन थापा तथा उपसभापति विश्वप्रकाश शर्मालगायतले सम्बोधन गर्ने उनले बताए । ‘बदल्यौ काग्रेस, बदल्छों देश’ भन्ने दृढ संकल्पका साथ आयोजना हुन लागेको आमसभा शक्ति प्रदर्शनका रुपमा कांग्रेस कास्कीले लिएको छ । बदलिएको काँग्रेसको स्पष्ट विचार, नीति, कार्यशैली तथा आगामी योजनाबारे जनतालाई प्रत्यक्ष सन्देश दिइने नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले बताए । बदलिएको काँग्रेस भनेको विधि र संस्थागत प्रणालीलाई प्राथमिकता दिने, सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई व्यवहारमा लागू गर्ने, युवाशक्ति, उद्यमशीलता र रोजगारी सिर्जनालाई केन्द्रमा राख्ने तथा लोकतन्त्रको रक्षा गर्दै आर्थिक समृद्धिको ठोस मार्गचित्र प्रस्तुत गर्ने काँग्रेस रहेको उनको भनाई छ ।
चुुनावी सभा व्यवस्थापन समितिका संयोजक एवम् नेपाली काँग्रेसका महासमिति सदस्य दीपक गुरुङ माइलाले सभामा १५ हजार भन्दा बढी नेता तथा कार्यकर्ताको सहभागिता रहने जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको पुरञ्चौर र हेम्जा जोड्ने सेती नदीमाथि मर्दि दोबिल्ला मोटरेबल पुल निर्माण…







