नेकपा एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै राजनीतिक दलसँग गठबन्धन नगरेको स्पष्ट गरेको छ ।
एमालेका केन्द्रीय निर्वाचन प्रचार संयोजक मीनबहादुर शाहीले आज पत्रकारहरूसँग कुरा गर्दै उक्त जानकारी दिएका हुन् । आफ्नो पार्टी देश बनाउने सङ्कल्पका साथ चुनावी अभियानमा होमिएको उनले बताए ।
नेकपा एमालेका बारेमा स्वदेशी तथा विदेशी सञ्चारमाध्यममा आएका कतिपय विषय भ्रामक भएका बताउँदै संयोजक शाहीले निष्पक्ष सामग्री प्रस्तुत नभएका टिप्पणी गरे । उनले भने, “नेकपा एमाले सम्पादकीय स्वतन्त्रताको सम्मान गर्छ ।” रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको पुरञ्चौर र हेम्जा जोड्ने सेती नदीमाथि मर्दि दोबिल्ला मोटरेबल पुल निर्माण…







