विप्लव समूहका मुस्ताङ इञ्चार्ज फिल्टर पक्राउ


     एभरेस्ट आवाज    
     फागुन १४ गते २०७७ मा प्रकाशित




नेत्रविक्रम चन्द् (विप्लव) नेतृत्वको नेकपाको मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन (फिल्टर)लाई बिहीबार प्रहरीले म्याग्दीबाट पक्राउ गरेको छ।

म्याग्दीको मालिका गाउँपालिका–२ बाट पुनलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

राज्यविरुद्धको अपराधमा संलग्न भएको अभियोगमा पुनलाई पक्राउ गरिएको प्रहरी कार्यालयले जनाएको छ।

पुन एनसेलको टावर, डोजर लगायत निर्माण उपकरणमा आगजनी, चन्दा असुली लगायतका गतिविधिमा संलग्न भएको प्रहरीको आरोप छ। पुन म्याग्दीको मालिका गाउँपालिका–३ का बासिन्दा हुन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।