प्राडा थापालाई पुरस्कार राशीसहित तनहुँ रत्न सम्मान


     एभरेस्ट आवाज    
     फागुन १४ गते २०७७ मा प्रकाशित




प्राडा बुद्धिबहादुर थापा बिहीबार तनहुँ रत्न पुरस्कार २०७७ बाट सम्मानित भएका छन्।

तनहुँ सम्पर्क समाज पोखराले यसै वर्षबाट स्थापना गरेको यो पुरस्कारबाट प्राडा थापा सम्मानीत भएका हुन् ।

तनहुँ सम्पर्क समाजका अध्यक्ष अम्बिकाप्रसाद भट्टराईले प्राडा थापालाई १० पुरस्कार राशीसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे।

समाजले स्थापना गरेको २ लाख रुपैयाँको अक्षयकोषको प्राप्त ब्याजबाट पा्डा थापालाई नगदसहित सम्मान गरेको हो ।

प्राडा थापा हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति हुन्। शुक्लागण्डकी ३ वनकेवामा जन्मिएका उनी झण्डै ४ दशकदेखि चिकित्सा क्षेत्रमा क्रियाशील छन्। वि. स. २०४१ सालबाट सेवा प्रारम्भ गरेका डा. थापा २०४६ सालदेखि पोखरामा बस्दै आएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।