हिमालय आँखा अस्पतालले पोखरा १७ का बासिन्दालाई दर्ता शुल्क, निःशुल्क गर्ने घोषणा गरेको छ ।
अस्पतालको ३३औँ वार्षिकोत्सवका अवसरमा नेपाल नेत्रज्योति संघका केन्द्रीय उपाध्यक्ष प्राडा दिलबहादुर क्षेत्रीले अस्पताल यही वडामा रहेको र यस वडाका बासिन्दालाई थप सहयोग पुर्याउने उद्धेश्यले उपचारका लागि गरिने दर्ता, निःशुल्क गर्ने घोषणा गरेका हुन् ।२०४९ सालमा स्थापित अस्पतालले हालसम्म झन्डै ४३ लाख नागरिकलाई सेवा प्रदान गरिसकेको छ । वार्षिकोत्सव समारोहमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अस्पतालको भौतिक विकासमा महानगरले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै यसलाई स्वास्थ्य पर्यटनसँग जोड्नुपर्नेमा जोड दिए।नेत्रज्योति संघका केन्द्रीय अध्यक्ष प्राडा चेतराज पन्तले पूर्वाधार विकासमा सरकारले सहयोग गरे थप सेवा विस्तार गर्न सकिने बताए ।
सोही अवसरमा अस्पतालले उत्कृष्ट कर्मचारीका रूपमा डा अनिल पराजुली, अनुप सुवेदी, उमा सुनुवार र विकल श्रेष्ठलाई, विभागतर्फ ‘जनरल ओपिडी भिजन एण्ड रिफ्र्याक्सन युनिट’ र लामो समय योगदान दिने कर्मचारीहरू गोविन्दनाथ योगी, मन्जु आचार्य, गोविन्दराज बडु, विजय पौडेल, शशिकमला लामिछाने, तेजबहादुर गुरुङ, रीना गुरुङ, धर्मेन्द्रकुमार घोडासैनी, रुपसिंह बोहोरा, दिप गुरुङ, तस्बिरन मियाँ, दीपिका गुरुङ र दीपा शाहीलाई सम्मानित गरेको छ ।अस्पतालका साझेदार संस्थाहरू आई केयर फाउन्डेसन, कादुरी एग्रिकल्चर एण्ड एसोसिएसन, व्यावसायिक महिला क्लब पोखरा, रोटरी क्लब अफ पोखरा फिस्टेल, मुटु फाउन्डेसन काठमाडौँ, युवा बौद्ध संघ पोखरा, कर्मा फ्लाइट्स र रिडले आई फाउन्डेसनलाई पनि प्रशंसापत्र प्रदान गरिएको छ ।
मेडिकल डाइरेक्टर डा बबिता गुरुङले सन् २०२५ मा मात्रै २ लाख ४७ हजार ५८५ जनाले सेवा लिएको र १५ हजार ८४१ जनाको शल्यक्रिया गरिएको जानकारी दिईन् ।कार्यक्रममा संघका महासचिव भरतबहादुर चन्द,आई केयर फाउन्डेसनका कन्ट्री डाइरेक्टर अनिल गोर्खाली, संघका केन्द्रीय सदस्य डा। नन्द श्रेष्ठ, बिजिनेस एण्ड प्रोफेसनल वुमन ग्रुपकी प्रतिनिधि हरिमाया शर्मा, कादुरीका क्याप्टेन राजन राई, गोरखा लायन्स आँखा सेवा केन्द्रका अध्यक्ष श्रवणकुमार जोशी र कर्मचारी गोविन्दनाथ योगीले अस्पतालको शैक्षिक र उपचार सेवाको प्रशंसा गरे।
अस्पताल व्यवस्थापन समिति अध्यक्ष वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरले ३९ कर्मचारीबाट सुरु भएको अस्पतालमा अहिले १२५ जना नेपाली दक्ष जनशक्ति कार्यरत रहेको बताए। अस्पतालले हाल गण्डकी र कर्णालीमा २७ वटा उपचार केन्द्र र २ वटा सहायक अस्पतालमार्फत सेवा दिइरहेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान विभागले सम्भावित विपद्बाट हुनसक्ने…







