नेपाली काँग्रेस कास्की २ का उम्मेदवार माधवप्रसाद बास्तोला (मधु) ले भरतपोखरीको मनिनाथ मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने बताएका छन् ।
चुनाव प्रचारको क्रममा सोमबार पोखरा–३३ को मनिनाथ मन्दिरमा लागेको फागुपूर्णिमा मेलाको अवलोकन गर्दै उनले उक्त मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका हुन् । मनिनाथ मन्दिर विकास समितिका अध्यक्ष शिव बहादुर थापाले मन्दिरमा जाने बाटो, मन्दिरको भौतिक विकास, खानेपानी लगायतका समस्याहरु उम्मेदबार बास्तोला समक्ष राखेका थिए । त्यसैगरी उम्मेदवार बास्तोलाले पोखरा–३३को सहरेतरामा आयोजित चुनावी कोण सभालाई सम्बोधन गर्दै स्थानीयका मागहरु खनेपानी, ढल निकास, सडक, समाज घर लगायतका बारेमा सम्बोधन गर्दै उनीहरुका मागलाई विस्तारै पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । सो अवसरमा बोल्दै उम्मेदवार बास्तोलाले काँग्रेस सुध्रिएको र अव देश बदल्ने योजनाका साथ युवालाई सभापति बनाएको काँग्रेसले नेपाली जनताका हरेक सुखदुःखमा साथ दिने बताए ।
राणकालदेखी प्रजातन्त्रका लागि लड्दै आएका काँग्रेसको इतिहास महत्वपूर्ण रहेको बताउँदै उनले वर्तमान संविधान संशोधन गरेमात्र कुनै एक पार्टीको एकमाना सरकार बन्न सक्ने हुँदा सबै पार्टी मिलेर संविधान संशोधन गर्न आवश्यक देखिएको भनाई उनको छ । त्यसैगरी पोखरा–३३ छत्ल्याङमा आयोजित चुनावी कोण सभालाई सम्बोधन गर्दै उम्मेदवार बास्तोलाले गाउँको सडकको स्तरोन्नति, सेती नदीमा पुल, खानेपानीका समस्या हल गर्ने कार्यमा आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै उनले यस क्षेत्रका भूमिहीन तथा अव्यवस्थित बस्तीलाई व्यवस्थित गर्दै लालपूर्जा दिलाउने काममा सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।उम्मेदवार बास्तोलाले आज भरतपोखरीको कालिका चोकबाट सुरु गरिएको चुनावी ¥यालीमा सहभागी भई उनीहरुलाई साथ दिनुको साथै मतदाताको सुझाव संकलन गरेका थिए ।
पोखरा–२१ निर्मलपोखरीमा समाजसुधार आमा समुहले गरेको सवागत कार्यक्रममा पुगी उनीहरुका सुझावहरु संकलन गरिएको जानकारी उम्मेलवार बास्तोलाका निजी सचिव सूर्य घिमिरेले जानकारी दिए । साथै उम्मेदवार बास्तोलाले आमा समुहले उठाएका मागहरु खनेपानी, सडक लगायतका समसया पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे । उक्त स्थानमा भएको चुनावी कोण सभामा बोल्दै उम्मेदवार बास्तोलाले विषम परिस्थितिमा हुन लागेको निर्वाचन अत्यन्तै महत्वपूर्ण भएकाले मतदान गर्दा विचार पु¥याउन आग्रह गरे । साथै उनले नेपाली काँग्रेस राणकालदेखि नै प्रजातन्त्रका लागि लड्दै आएको पार्टी भएकाले देश कमजोर भएको बेला काँग्रेसले मात्र देश बचाउन सक्ने बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान विभागले सम्भावित विपद्बाट हुनसक्ने…







