कास्की क्षेत्र नम्बर-१ मा रास्वपाका पौडेलले अग्रता फराकिलो बनाउँदै


     एभरेस्ट आवाज    
     फागुन २२ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ। पोखरा फागुन २२। कास्की क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी का गनेस पौडेलले अग्रता जारी राखेका छन्। कास्की क्षेत्र नम्बर १ मा हालसम्म ५ हजार १ सय ५० मत गणना गर्दा रास्वपाका उम्मेदवार गनेस पौडेलले ३ हजार ७० मत प्राप्त गरेर अग्रता लिएका हुन्। उनलाई नेकपा एमालेका उम्मेदवार बैनबहादुर अधिकारी क्षेत्रीले १ हजार ४ सय ५५ मत प्राप्त गरेर पछ्याइरहेका छन् । यहाँ नेपाली कांग्रेसका उम्मेदवार तिलक राणाभाटले ९ सय ६७५ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार राजकाजी गुरुङले १०८ मत प्राप्त गरेका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।