राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले जितको खाता खोलेको छ ।
काठमाडौं क्षेत्र नम्बर–१ बाट रास्वपा उम्मेदवार रञ्जु न्यौपाने दर्शना १५ हजार ४५५ मतसहित विजयी भएकी छन् ।नेपाली कांग्रेसका उमेदवार प्रवल थापा ६ हजार ३६४ मतसहित दोस्रो भएका छन् । यस्तै एमालेका मोहनराज रेग्मीले एक हजार ६१८ मत प्राप्त गरे । अघिल्ला दुई निर्वाचनमा झिनो मतान्तरले पराजित हुँदै आएका राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत मात्रै प्राप्त गरे ।मिश्र ०७९ को चुनावमा कांग्रेसका प्रकाशमान सिंहसँग झिनो मतान्तरले हारेका थिए । सिंहले सात हजार १४३ मत पाएका थिए । मिश्र सात हजार ११ मत अर्थात् १३२ को झिनो मतान्तरमा दोस्रो भएका थिए ।
नेपाली कम्युनिस्ट पार्टीकी मेनुका भण्डारीले ३४५ मत, श्रम संस्कृति पार्टीका समीर लामा तामाङले ४२६ मत पाएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, ११ जेठ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग…







