कास्की-२ मा रास्वपाका पौडेलको अग्रता कायम


     एभरेस्ट आवाज    
     फागुन २२ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ पोखरा फागुन २२। कास्की क्षेत्र नम्बर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उत्तम पौडेलले अग्रता जारी राखेका छन्। कास्की क्षेत्र नम्बर-२ मा हालसम्म १२ हजार ७ सय ५ मत गणना गर्दा रास्वपाका उम्मेदवार उत्तम पौडेलले ७ हजार ८ सय ७४ मत प्राप्त गरेर अग्रता कायम राखेका हुन्। उनलाई नेकपा एमालेका उम्मेदवार रश्मी आचार्यले ३ हजार १ सय ८० मत प्राप्त गरेर पछ्याइरहेका छन् । यहाँ नेपाली कांग्रेसका उम्मेदवार माधव बास्तोला मधुले १ हजार ५ सय ६७ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार हेमबहादुर थापाले ५ सय १८ मत प्राप्त गरेका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।