कास्की-२ मा एमालेको विरासत तोडियो, रास्वपाका पौडेल भारी मतान्तरसहित विजयी


     एभरेस्ट आवाज    
     फागुन २३ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ। पोखरा, फागुन २३। कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उत्तमप्रसाद पौडेल विजयी भएका छन् । नेकपा एमालेको विरासत बन्दै आएको खास के क्षेत्र नम्बर २ मा पौडेल भारी मतान्तर सहित विजयी भएका हुन् । पौडेल प्रतिस्पर्धी एमालेका रश्मी आचार्यलाई २४,४१८ मतान्तले पछि पार्दै विजयी भए ।

कास्की २ मा कुल ५२ हजार ५ सय १९ मत खसेकोमा १ बिजयी रास्वपा पौडेलले ३१ हजार ९ सय ११ मत प्राप्त गरे । उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका रश्मि आचार्यले ७ हजार ४९३ मत प्राप्त गरे ।
यहाँ नेपाली कांग्रेसका माधवप्रसाद बास्तोला मधुले ६ हजार ५ सय मत प्राप्त गर्दै तेस्रो हुँदा राप्रपाका उम्मेदवार हेमजङ गुरुङ १ हजार ६ सय ४३ मत प्राप्त गरेर चौथो, नेपाली कम्युनिष्ट पार्टी नेकपाका हेमबहादुर थापा पराजुलीले १ हजार २ सय ७६ मत ल्याएर पाचौं भए । त्यस्तै उज्यालो नेपाल पार्टीका कुशल गुरुङले १ हजार २ सय १ मत प्राप्त गरेर छैटौँ भए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।