फागुन २३। कास्की क्षेत्र नम्बर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका गनेस पौडेलको जित सुनिश्चित भएको छ। कास्की क्षेत्र नम्बर-१ मा रास्वपाका पौडेल फराकिलो मतान्तर सहित जित उन्मुख भएका हुन् । कुल ७० हजार २३६ मत खसेको यस क्षेत्रमा हालसम्म ५१ हजार८४ मतगणना सम्पन्न हुँदा रास्वपाका पौडेल २७,६०२ मतसहित जित नजिक पुगेका छन्। उनलाई नेपाली कांग्रेसका तिलक बहादुर रानाभाटले ८ हजार ७ सय ३६ मतसहित पछाइरहेका छन्। भने नेकपा एमालेका वैनबहादुर अधिकारी क्षेत्रीले ८ हजार ३ सय ४५ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कम्युनिस्ट पार्टी नेकपाका राजकाजी गुरुङले १ हजार ८ सय ६४ मत प्राप्त गरेका छन्। यहाँ हालसम्म २ हजार सत्तरी मत बदर भएको छ। कास्की १ मा अब पोखरा-२९, ३०, ३१ र ३२ को मतगणना बाँकी छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


बैशाख १९ पोखरा पोखराको लेकसाइडस्थित टेम्पल बेल बुटिक होटल एण्ड स्पाले विभिन्न…






