कास्की-१ मा रास्वपाका गनेस पौडेल फराकिलो मतान्तरसहित विजयी


     एभरेस्ट आवाज    
     फागुन २३ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ पोखरा फागुन २३। कास्की क्षेत्र नम्बर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका गनेस पौडेल विजयी भएका छन्। कास्की क्षेत्र नम्बर-१ मा रास्वपाका पौडेल फराकिलो मतान्तर सहित विजयी भएका हुन्। कुल ७० हजार २३६ मत खसेको यस क्षेत्रमा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका तिलक बहादुर रानाभाटलाई २८ हजार ६ सय ६९ मतान्तरले पछि पार्दै पौडेल विजयी भएका हुन्। रास्वपाका पौडेलले ३९ हजार ८ सय ३ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका रानाभाटले ११ हजार २ सय १४ मत प्राप्त गरे। भने नेकपा एमालेका वैनबहादुर अधिकारी क्षेत्रीले १० हजार ४ सय २९ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कम्युनिस्ट पार्टी नेकपाका राजकाजी गुरुङले २ हजार ४ सय ७९ मत प्राप्त गरेका छन्। यहाँ २ हजार ७ सय ४० मत बदर भएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।