चितवन क्षेत्र नं. ३ मा रेनु दाहाल पराजित,कांग्रेस र एमालेको जमानत जफत


     एभरेस्ट आवाज    
     फागुन २३ गते २०८२ मा प्रकाशित




चितवन क्षेत्र नं. ३ म राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम निर्वाचित भएकी छन् ।

अहिलेसम्मकै सर्वाधिक मतका साथ उनीविजेता भएकी छन् । एक लाख ३ मत खसेकोमा गौतमले ५९ हजार २ सय ७७ मत प्राप्त गरिन् । नेकपाकी उम्मेदवार रेनु दाहालले २० हजार ६ सय १५ मत ल्याउँदा गौतम ३८ हजार ६ सय ६२ मतान्तर सहित निर्वाचित भइन् । चितवन ३ मा नेपाली कांग्रेस र नेकपा एमालेले जमानत जोगाउन सकेनन् ।

नेपाली कांग्रेसका टेकप्रसाद गुरुङ ८ हजार ३ सय ४४ मतका साथ तेस्रो भए भने नेकपा एमालेका शंकरराज थपलिया ५ हजार ४ मत ल्याएका छन् । गुरुङ र थपलिया दुबैको जमानत जफत भएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।